खड्गी इन्स्टिच्युटमा मिगौला पत्थरीका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले आरुस लाइफस्टाइल, नेपाल र रेड क्रसेन्ट अफ कुवेत (Red Crescent of Kuwait) सँगको सहकार्यमा मिर्गौला पत्थरी भएका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ । नेपालका दुरदराजमा रहेका विपन्न वर्गका बिरामीले पनि मिर्गौलाको पत्थरी शल्यक्रिया गरी सहज जीवनयापन गर्न सकुन भन्ने उद्धेस्यका साथ खड्गी इन्स्टिच्युटले यो शिविरको आयोजना गर्न लागेको हो ।
नेपालमा आर्थिक अभावकै कारण धेरै व्यक्तिहरुले शल्यक्रिया गर्न नसक्दा अन्तत मिर्गौला फेल हुनेसम्मको अवस्थामा पुग्ने गरेको कुरा मनन गर्दै एकैपटक ४० जना बिरामीको नि: शुल्क शल्यक्रिया गर्न लागिएको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा सन्जय खड्गी बताउँछन्। उनले यस शिविरमा ३० देखि ४० जना बिरामीको मिनि पीसीएनएल नामक उच्च प्रविधि मार्फत शल्यक्रिया गरिने पनि जानकारी दिए । बिना ठूलो चिरफार र दुखाइरहित शल्यक्रिया गरिने हुँदा बिरामीको अस्पताल बसाइ पनि कम हुने डा खड्गीको भनाई छ । अझ यस शल्यक्रियामा बिरामीका लागि औषधी, परामर्श तथा शैयासमेत नि:शुल्क हुनेछ ।
विपन्न वर्गका बिरामीका लागि अत्याधुनिक पीसीएनएल प्रविधिको माध्यमबाट नि:शुल्क शल्यक्रिया शिविर नेपालमै पहिलोपटक गर्न लागिएको हो । त्यसैले कसैलाई मिर्गौला पत्थरीको समस्या छ भने यही फागुण ४ गतेदेखि १५ गतेभित्र खड्गी इन्स्टिच्युटमा सम्पर्क गर्न सक्नेछन। शल्यक्रिया यही फागुण १८, १९ र २० गते हुनेछ ।
नाम टिपाउनका लागि इन्स्टिच्युटको फोन नं ०१ ५९७००४७ तथा ९८०१०४७६०७ मा सम्पर्क गर्न सकिन्छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित