स्टार अस्पतालका निर्देशक डा रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा स्टार अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।
प्रधानमन्त्री कार्यालयले आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषदको विशिष्ट श्रेणी चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछुु ।’




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य