पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ६९६ जनाको नमुना परीक्षण गरेकोमा ७४७ जनामा कोरोना पुष्टि भएको हो यसैगरी आज ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९सय पुगेको छ ।
यसैगरी गत २४ घण्टामा २ हजार ३१९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख १६ हजार ११८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
भिटामिन ए खुवाउने कार्यक्रम आज पनि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव
आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन