अब ११ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित, मनाङमा कोरोना शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब ११ जिल्लामा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं उयतयकासहित ११ जिल्लामा सक्रिय संक्रमित रहेका छन्।
ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, धनुषा, चितवन, काभ्रेपलाञ्चोक, कास्की बाँके र कैलाली रहेका छन्। यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा ५ हजार ६११ जना रहेका छन्। यसैगरी १० वटा जिल्लामा २ सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता मनाङ भने कोरोना शुन्य जिल्ला बन्न सफल भएको छ ।
हाल देशभर २२ हजार ५८४ जना सक्रिय कोरोना संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?