Health TV Online
Health TV Online

अब ११ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित, मनाङमा कोरोना शुन्य

अब ११ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित, मनाङमा कोरोना शुन्य

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब ११ जिल्लामा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं उयतयकासहित ११ जिल्लामा सक्रिय संक्रमित रहेका छन्।

ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, धनुषा, चितवन, काभ्रेपलाञ्चोक, कास्की बाँके र कैलाली रहेका छन्। यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा ५ हजार ६११ जना रहेका छन्। यसैगरी १० वटा जिल्लामा २ सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता मनाङ भने कोरोना शुन्य जिल्ला बन्न सफल भएको छ ।

हाल देशभर २२ हजार ५८४ जना सक्रिय कोरोना संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार