स्टार हस्पिटलले शुरु गर्यो जेष्ठ नागरिकका लागि घर घरमै स्वास्थ्य सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले ‘केयर कान्ट वेट’ भन्ने मुल नाराका साथ जेष्ठ नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा घर घरमैै उपलब्ध गराउने उद्देश्य अनुरुप जेष्ठ नागरिक सेवा संचालनमा ल्याएको छ ।
यो सेवा अन्तर्गत सेवाग्राहीले घरमै बसी बसी ल्याब परिक्षण, फिजियोथेरापी सेवा, डाइट प्लान, चिकित्सकिय परामर्श, औषधी, ब्लडप्रेसर जाँच, शरिरमा अक्सिजनको मात्रा जाँच, पल्स, शरिरको तापक्रम जाँच आदि लगायत हस्पिटल आउनु परेको खण्डमा स्वास्थ्यकर्मी सहितको यातायात सेवा निःशुल्क उपलब्ध गराउने छ । यो सेवा प्रदान गर्नका लागि अस्पतालले छुट्टै विभाग खडा गरेको हुनाले यस विभागमा कार्यरत कार्मचारीहरुको प्रत्यक्ष निगरानीमा .जेष्ठ नागरिकहरुले सहज रुपमा उपचार सेवा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ । धेरै वर्षको मेहेनतबाट बनाएको र आफ्नो चाहना अनुरुप सजावट गरिएको घरमा, आफ्ना सन्तान विदेशमा वसोवास गरेको कारण आफ्नो उमेर ढल्केको कारण वृद्धाश्रममा बस्नुपर्ने बाध्यताको स्थिति सृजना हुने अवस्था आउन नदिन स्टार हस्पिटलले यो अत्यन्तै समय सापेक्ष सेवाको सुरुवात गरेको जनाएको छ ।
यो सेवा सुविधा प्राप्त गर्नका लागि अस्पतालले वार्षिक सदस्यता कार्डको व्यवस्था गरेको छ । अस्पतालले प्रति व्यक्ति सदस्यता शुल्क पाँच हजार र दम्पतिको हकमा सदस्यता शुल्क आठ हजार आठ सय अठ्ठासी रहने जनाएको छ । यस सुविधा लिए बापत सदस्यहरुले विभिन्न हेल्थ प्याकेजहरु सहुलियत रुपमा प्राप्त गर्न सक्नेछन् । भर्खरै मात्र अत्याधुनिक पेट तथा कलेजो रोग विभाग संचालनमा ल्याएको अस्पतालले जेष्ठ नागरिकलाई लक्षित सेवा संचालनमा ल्याएको छ भने निकट भविष्यमा नै निःसन्तान दम्पतिहरुलाई लक्षित गरि स्टार फर्टिलिटी सेन्टर संचालनमा ल्याउने तयारी गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य