पछिल्लो २४ घण्टामा १ हजार १२८ संक्रमित थपिए, १४ जनाको मृत्यु
२ हजार २१५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ९८९ जनाको नमुना परीक्षण गरिएकोमा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ पुगेको छ । उता यहीवीच २ हजार २१५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?