Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे प्रगति विवरण

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे प्रगति विवरण

हेल्थ टिभी अनलाइन \ काठमाडौं : स्वास्थ्य तथ जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्री पद सम्हालेको सय दिन पुगेको अवसर पारेर सय दिने कार्य विवरण सार्वजनिक गरेका छन्। मन्त्री खतिवडाले आफू आएपछि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको भन्दै यसमा धेरै सफलता हासिल समेत गरेको दाबी गरे । उनले बुस्टर खोपदेखि खोपमा लिइएको नीति एवम स्वास्थ्य संस्थाको विस्तारसम्म आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् ।

उनले अबदेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने जनाए भने ५देखि ११ बर्ष उमेर समुहका बालबालिकालाइ समेत कोभिड १९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चित भएको जनाएका छन्।

उनले यही बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड १९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको र त्यसको लागी आवश्यक पर्ने खोपको मौज्दात रहेको र सो अगावै लक्ष्य पूरा हुने अवस्था रहेको पनि  जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार