अबदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अबदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोपको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पुगेका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो ।
बुस्टर डोजका रुपमा हाललाई कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना र फाइजर दिइने निर्णय गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत संजय कुमार महासेठले जनाएका छन्।
यसैगरी अहिलेसम्म कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिलाई कोरोना संक्रमणबाट मुक्त भएको एक महिनापछि खोप दिइने र बुस्टर डोजको हकमा पनि सोही मापदण्ड कायम हुने जनाइएको छ । बुस्टर डोज प्रदान गर्दा ६० वर्ष माथिका समूह, गर्भवती, दीर्घ रोगी, पिछडिएका वर्गलाई प्राथमिकतामा राख्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?