Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अबदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज दिइने

अबदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अबदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोपको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पुगेका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो ।

बुस्टर डोजका रुपमा हाललाई कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना र फाइजर दिइने निर्णय गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत संजय कुमार महासेठले जनाएका छन्।

यसैगरी अहिलेसम्म कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिलाई कोरोना संक्रमणबाट मुक्त भएको एक महिनापछि खोप दिइने र बुस्टर डोजको हकमा पनि सोही मापदण्ड कायम हुने जनाइएको छ । बुस्टर डोज प्रदान गर्दा ६० वर्ष माथिका समूह, गर्भवती, दीर्घ रोगी, पिछडिएका वर्गलाई प्राथमिकतामा राख्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन