नेपालमा कोरोना संक्रमण दर २० प्रतिशतमा झर्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर बिस्तारै कम हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो साता कोरोना संक्रमण दर घटेर २० प्रतिशतमा आएको जनाएको हो । गत साताको तुलनामा यो साता संक्रमण दर १३ दशमलब ८ प्रतिशतले कम भएको मन्त्रालयले जनाएको हो ।
हाल देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन । उनीहरुमध्ये २९ हजार ११७ जना होम आइसोलेसनमा छन् भने जम्मा ११ सय २४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। तीन साताअघिसम्म कोरोना संक्रमण दर झण्डै ६० प्रतिशतसम्म पुगेको थियो ।
मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले कोरोना संक्रमण दरमा कमी आएको भए पनि जोखिम भने कायमै रहेको जनाएकी छिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण