थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गरेकोमा २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ८५२ पुगेको छ । गत २४ घण्टामा ७ हजार ७७७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले सक्रिय संक्रमितको संख्या ३० हजार २४१ मात्र रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?