पछिल्लो २४ घण्टामा १२ हजार ६९२ नमुना परीक्षण, १ हजार ९५७ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ६९२ जनाको नमुना परीक्षण गरेकोमा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ ।
अहिले देशभर ३६ हजार १८१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण