देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११, आइसीयू र भेन्टिलेटरमा २९७ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या क्रमस घट्दै गएको छ । सोमबारसम्म देशभर ४० हजार १११ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यीमध्ये ३८ हजार ८८३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २२८ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाको तेस्रो लहरमा अस्पताल भर्ना हुने र अक्सिजन सपोर्ट चाहिने संक्रमितको संख्या निकै न्यून रहेको पाइएको छ । जसका कारण अहिले देशका विभिन्न अस्पतालमा २५५ जना संक्रमित मात्र आइसीयूमा छन् भने ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्ला केही दिन यता संक्रमण दर घटेर २० प्रतिशतभन्दा कममा आएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ६ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?