थप १ हजार ५७० जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ पुगेको छ । यहीवीच ६ हजार १४६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ८२७ रहेको छ । गत २४ घण्टामा १ लाख ७८ हजार ५७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण