कोभिडका कारण बन्द भएका विद्यालय फागुण १ गतेदेखि खुल्ने, जोर बिजोर पनि हट्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोभिड १९ को जोखिम बढेको भन्दै बन्द गराएका विद्यालयहरु अब फागुण १ गतेदेखि खुल्ने भएका छन्।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोभिडको जोखिम कम भएको भन्दै विद्यालय खोल्न सिफारिस गरेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय खोल्ने निर्णय गरेका हुन्।
यसैगरी उक्त बैठकले काठमाडौंमा यातायातमा जारी गरिएको जोर विजोर प्रणाली पनि हटाउने निर्णय गरेको छ । योसँगै भोलिदेखि नै यातायातमा जोर विजोर प्रणाली हट्ने भएको छ । कोभिडका कारण स्थगित गरिएका सबै परीक्षा फागुण १ गतेदेखि सुरु गर्न सकिने पनि जनाइएको छ । १२ वर्ष मूनिका विद्यार्थीहरुको पढाईको सवालमा आलोपालो वा सिफ्ट प्रणाली बनाएर सञ्चालन गर्न सिफारिस गरिएको छ ।
पछिल्लो केही दिन यता कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?