Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिडका कारण बन्द भएका विद्यालय फागुण १ गतेदेखि खुल्ने, जोर बिजोर पनि हट्यो

कोभिडका कारण बन्द भएका विद्यालय फागुण १ गतेदेखि खुल्ने, जोर बिजोर पनि हट्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  कोभिड १९ को जोखिम बढेको भन्दै बन्द गराएका विद्यालयहरु अब फागुण १ गतेदेखि खुल्ने भएका छन्।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोभिडको जोखिम कम भएको भन्दै विद्यालय खोल्न सिफारिस गरेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय खोल्ने निर्णय गरेका हुन्।

यसैगरी उक्त बैठकले काठमाडौंमा यातायातमा जारी गरिएको जोर विजोर प्रणाली पनि हटाउने निर्णय गरेको छ । योसँगै भोलिदेखि नै यातायातमा जोर विजोर प्रणाली हट्ने भएको छ । कोभिडका कारण स्थगित गरिएका सबै परीक्षा फागुण १ गतेदेखि सुरु गर्न सकिने पनि जनाइएको छ । १२ वर्ष मूनिका विद्यार्थीहरुको पढाईको सवालमा आलोपालो वा सिफ्ट प्रणाली बनाएर सञ्चालन गर्न सिफारिस गरिएको छ ।

पछिल्लो केही दिन यता कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन