नेपालमा कोरोना संक्रमणबाट कतिले गुमाए ज्यान ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ११ हजार ८०३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार देशभर ११ हजार ८०३ जनाको मृत्यु भएको देखिन्छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या भने झण्डै ११ लाख पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुने दर अहिले १ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमणबाट निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ ।
यहीवीच कोरोना विरुद्धको खोप अभियान पनि जारी रहेको छ । हालसम्म ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप नेपाल भित्रिसकेको छ भने ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा प्रयोग भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?