घट्दै संक्रमण : पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता देशभर कोरोना संक्रमण कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा जम्मा १ हजा ७१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो ।
यसैगरी आज ४ हजार ७७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण