Health TV Online
Health TV Online

थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७३ जनाको नमुना परीक्षण गरेकोमा २ हजार ५२६ जनामा कोरोना पुष्टि भएको हो ।

केही दिन यता कोरोना संक्रमण दर कम हुँदै गएको मन्त्रालयले जनाएको छ । आज ८ हजार ४२२५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ लाख १३ हजार ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

हाल देशभर ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार