Health TV Online
Health TV Online

थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ६०५ जनाको नमुना परीक्षण गरेकोमा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी आज १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार