नेपालमा झण्डै ५ लाख जनाले लगाए कोरोनाको बुस्टर डोज खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन ८ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८ लाख १५ हजार ७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्।
योसँगै देशभर हालसम्म लक्षित जनसंख्याको ८६ दशमलब १ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा र ७४ दशमलब ४ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन्। मन्त्रालयका अनुसार कोरोना खोप अभियान सुरु भए यता ३ करोड २४ लाख ५८ हजार २९९ खोप मात्रा प्रयोग भएको छ ।
कम्तीमा एक मात्रा लगाउने एक करोड ७१ लाख ४४ हजार ८६७ जना छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ४८ लाख २८ हजार ९५३ जना रहेका छन्।
यसैगरी ४ लाख ८४ हजार ४७९ जनाले कोरोना विरुद्धको बुस्टर डोज खाेप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?