Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण दरमा कमी आएको भए पनि जोखिम भने उच्च नै छ : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण दरमा कमी आएको भए पनि जोखिम भने उच्च नै छ : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमण दरमा केही कमी आएको भए पनि जोखिम भने उच्च नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले गता साता भन्दा यो साता संक्रमण दरमा ११ प्रतिशतले कमी आएको जनाएकी हुन्।

उनले संक्रमण दरमा कमी आएको भए पनि अझै पनि संक्रमण दर ३४ प्रतिशतभन्दा बढी भएकाले यसको जोखिम भने कायमै रहेको जनाइन्। अझै पनि धेरै व्यक्तिहरु कोरोना विरुद्धको खोप लगाउन बाँकी भएकाले र नयाँ भेरियन्टको संक्रमण जोखिम कायम नै भएकाले कोरोनाको जोखिम कम नभएको भन्दै सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनले जिकीर गरिन्।

नेपालमा हालसम्म १० लाख ९१ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ हजार ७६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि