थप ५ हजार २९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय कोरोेना संक्रमितको संख्या ७९ हजार २७२ जना पुगेको छ ।
यसैगरी थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७४३ पुगेको छ । आज ८ हजार १९१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?