हराएको २४ लाख कोभिड खोप खोज्न छानबिन समिति, दुई सातामा प्रतिवेदन पेस गर्नुपर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले हराएको भनिएको र रेकर्डमा नरहेको २४ लाख डोज खोप खोजी गर्न छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय छानविन समिति बनाएको हो।
यो ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो।
कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको खोप अभियानका क्रममा २४ लाख डाेज खोप रेकर्डमा नरहेको मन्त्रालयलले नै बताएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?