Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यी २० जिल्लामा छन् ५ सय बढी सक्रिय कोरोना संक्रमित

यी २० जिल्लामा छन् ५ सय बढी सक्रिय कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालका २० जिल्लामा अहिले ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार देशका २० जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी सिरहा, चितवन, मनवानपुर, काभ्रेपलाञ्चोक, कास्की, तनहुँ, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन्। सबैभन्दा बढी भने काठमाडौंमा ३७ हजार ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म ११ हजार ७०३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार