यी २० जिल्लामा छन् ५ सय बढी सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालका २० जिल्लामा अहिले ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार देशका २० जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी सिरहा, चितवन, मनवानपुर, काभ्रेपलाञ्चोक, कास्की, तनहुँ, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन्। सबैभन्दा बढी भने काठमाडौंमा ३७ हजार ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म ११ हजार ७०३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?