शनिबार थपिए ४ हजार ९०४ संक्रमित, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर शनिबार ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ५६२ जनाको नमुना परीक्षण गरिएकोमा ४ हजार ९०४ जनामा संक्रमण देखिएको हो ।
यसैगरी आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।
गत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?