Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अबदेखि पहिले जुनसुकै खोप लगाएको भए पनि बुस्टर डोजको रुपमा कोभिशिल्ड दिइने

अबदेखि पहिले जुनसुकै खोप लगाएको भए पनि बुस्टर डोजको रुपमा कोभिशिल्ड दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पहिले जुनसुकै खोप लगाएको भए पनि बुस्टर डोजको रुपमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको बुस्टर प्रदान गर्दा यस अघि पहिलो र दोस्रो मात्रा अन्तर्गत कोभिशिल्ड एस्ट्राजेनेका मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरुलाई कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

यसभन्दा अघि भने पहिले जुन खोप लगाइएको हो त्यही मात्र बुस्टरको रुपमा दिने निर्णय भए पनि अहिले विभिन्न अधययनले फरक खोप लगाउन मिल्ने र उत्तिकै प्रभावकारी हुने देखाएपछि यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी विदेशमा पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिशिल्ड वा एस्ट्राजेनेका दिने पनि मन्त्रालयले निर्णय गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार