एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, ८ हजार थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको छ । उता यहीवीच ८ हजार १७ जना नयाँ संक्रमित थपिएको पनि मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । ५ हजार २९२ जना भने संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार देशभर रहेको खोप केन्द्रमार्फत गत २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?