Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, ८ हजार थपिए

एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, ८ हजार थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको छ । उता यहीवीच ८ हजार १७ जना नयाँ संक्रमित थपिएको पनि मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । ५ हजार २९२ जना भने संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार देशभर रहेको खोप केन्द्रमार्फत गत २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार