खोप लगाउन छुटेका बालबालिकाले परोपकार प्रसुती र विरेन्द्र सैनिक अस्पतालमा गएर लगाउन सक्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियानमा विविध कारणले खोप लगाउन छुटेका बालबालिकाका लागि स्वास्थ्य कार्यालय काठमाडौंले दुई अस्पतालमार्फत फाइजर खोप लगाउने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले यसअघिको अभियानमा खोप लगाउन छुटेका १२ देखि १७ वर्षसम्मका बालिबालिकाका लागि आज र भोलि काठमाडौंको परोपकार प्रसुती अस्पताल र विरेन्द्र सैनिक अस्पतालका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम रहेको जनाए । उनले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई आफूलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन्।
सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि फाइजर र मोर्डना खोप लगाइरहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित