Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्टार, सुमेरु र महेन्द्रनिधी अस्पतालबाहेक विमानस्थलमा कोरोना परीक्षण गर्ने ल्याब मापदण्ड विपरित

स्टार, सुमेरु र महेन्द्रनिधी अस्पतालबाहेक विमानस्थलमा कोरोना परीक्षण गर्ने ल्याब मापदण्ड विपरित

हेल्थ टिभी अनलाइन \काठमाडौं : विमानस्थलमा कोरोना परीक्षण गर्ने ल्याबहरु अधिकांश मापदण्ड विपरित रहेको पाइएको छ । विदेश जाने यात्रुका लागि कोरोना परीक्षण गर्न स्थापना भएका ल्याबहरुमध्ये स्टार अस्पताल, सुमेरु अस्पताल र महेन्द्रनिधी अस्पतालको ल्याब बाहेक अन्य सबै ल्याब मापदण्ड विपरित भएको पाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालााकी निर्देशक डा रुणा झाले जानकारी दिइन्।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले गरेको स्थलगत निरीक्षणका क्रममा विमानस्थलमा रहेका १२ वटा ल्याबमध्ये स्टार अस्पताल मोलिक्युलर ल्याब, सुमेरु अस्पताल र महेन्द्रनारायण निधी मेमोरियल अस्पतालले मात्र प्रयोगशाला सञ्चालन सम्बन्धी कार्यविधि २०७८ अनुसार सबै मापदण्ड पूरा गरेर सञ्चालन गरेको पाइएको झाले जनाएकी छिन्। अन्य ल्याबले मापदण्ड पूरा नगरेकाले विमानस्थलमा कलेक्सन सेन्टरको रुपमा मात्र काम गरिरहेको भन्दै उनीहरुलाई परीक्षणमा रोक लगाइएको छ ।

यूएई जाने यात्रुहरुका लागि ४ घण्टाभित्रको पीसीआर रिपोर्ट आवश्यक पर्ने हुँदा विमानस्थलमा प्रयोगशाला सञ्चालनको अनुमति दिइएको थियो । १२ प्रयोगशालामध्ये अब ३ वटाले मात्र यूएई जाने यात्रुका लागि परीक्षण गर्ने अनुमति पाएका छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार