देशभर २८९ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन\ काडमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेको भए पनि हाल २८९ जना संक्रमित मात्र आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।
हाल रहेका ८८ हजार ९३४ जना सक्रिय संक्रमितमध्ये २४५ जनाको आइसीयूमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ । यसैगरी ८७ हजार ११७ जना संक्रमित होम आइसोलेसनमा छन् भने १८ सय १७ जना मात्र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाको तेस्रो लहरमा धेरै जना संक्रमणमा परे पनि अस्पताल भर्ना हुने दर भने निकै कम भएको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउँछन्। उनले यसपटक जटिलता र मृत्युदर कम रहेको जनाए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?