Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल औषधी उत्पादक संघ भन्छ- ‘सिटामोल लगायत कुनै पनि औषधीको अभाव हुन दिंदैनौं’

नेपाल औषधी उत्पादक संघ भन्छ- ‘सिटामोल लगायत कुनै पनि औषधीको अभाव हुन दिंदैनौं’

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधी उत्पादक संघ (एपोन) ले देशमा सिटामोल लगायत कुनै पनि औषधीको अभाव नभएको र हुन नदिने बताएको छ । संघले आज विज्ञप्ति जारी गर्दै बजारमा चलाइएको हल्ला जस्तो सिटामोलको अभाव नभएको र स्वदेशी औषधी कम्पनीहरुले धमाधम बजारमा सिटामोल पठाइरहेको जनाएको हो ।

संघले स्वदेशी औषधी उद्योगीहरुको मानमर्दन गर्दै आयातलाई प्रोत्साहन गर्ने केही व्यक्तिहरुबाट बजारमा सिटामोल अभावको हल्ला चलाएको पनि जनाएको छ ।
नेपालमा वर्षेनी ७ करोड चक्की सिटामोल खपत हुने गरेको र त्यसमध्ये ९९ प्रतिशत नेपाली स्वदेशी उद्योगले नै पूर्ति गरिरहेको संघले जनाएको छ । बढी हल्लाका कारण सर्वसाधारणले आवश्यकताभन्दा बढी औषधी सञ्चय गरेर राखेका कारण सजिलै नपाइएको हुनसक्ने तर अब भने कम्पनीहरुले धमाधम उत्पादन गर्न थालेकाले यसको अभाव हुन नदिने जनाइएको छ ।

पुस महिनामा ४३ लाख चक्की बजारमा पठाइएको र माघ पहिलो साता मात्रै ३५ लाख चक्की  र थप ३५ लाख माघ अन्त्यसम्म बजारमा पठाइने पनि संघले जानकारी दिएको छ । संघका अध्यक्ष प्रज्वल जंग पाण्डे र महासचिव विप्लव अधिकारीद्धारा जारी गरिएको विज्ञप्तिमा विश्व बजारमा कच्चा पदार्थको मूल्य तीन गुणा बढ्दा समेत स्वदेशी कम्पनीहरुले १५ वर्ष अघिकै मूल्यमा सिटामोल लगायतका औषधी उत्पादन र बिक्री गरिरहेको उल्लेख छ ।

भुकम्पका बेला होस वा भारतको नाकाबन्दी वा कोरोनाको पहिलो लहर यी सबै समयमा स्वदेशी उद्योगले कुनै पनि औषधीको अभाव हुन नदिएको र अब पनि हुन नदिने विज्ञप्तिमा उल्लेख छ । संघले सर्वसाधारणलाई आफूलाई चाहिनेभन्दा बढी औषधी सञ्चय गरेर नराखिदिन पनि आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि