Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा थपिए १२ हजारभन्दा बढी संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १२ हजारभन्दा बढी संक्रमित, ८ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज मात्रै ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ । उता सक्रिय संक्रमितको संख्या पनि बढेर ८८ हजार ९३४ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४० जना कोरोना संक्रमित निको भएका छन् भने यहीवीच २ लाख ३९ हजार ८५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार