पछिल्लो २४ घण्टामा थपिए १२ हजारभन्दा बढी संक्रमित, ८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज मात्रै ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ । उता सक्रिय संक्रमितको संख्या पनि बढेर ८८ हजार ९३४ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४० जना कोरोना संक्रमित निको भएका छन् भने यहीवीच २ लाख ३९ हजार ८५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?