थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित ८२ हजार पुगे
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार २१० जनाको नमुना परीक्षण गरिएकोमा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज देशका विभिन्न आइसोलेसन सेन्टरबाट २५ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण