Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित ८२ हजार पुगे

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित ८२ हजार पुगे

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार २१० जनाको नमुना परीक्षण गरिएकोमा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज देशका विभिन्न आइसोलेसन सेन्टरबाट २५ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार