डा. मिता सिंहको ‘द स्ट्रगल अफ गणेशमान सिंह’ पुस्तक विमोचन
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी छोरी डा मिता सिंहद्धारा लिखित ‘द स्ट्रगल अफ गणेशमान सिंह’ नामक पुस्तक विमोचन गरिएको छ ।
अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक गणेशमान सिंह फाउण्डेशनले प्रकाशन गरेको हो ।
नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको जीवन एवम उनले गरेको संघर्ष समेटिएको उक्त पुस्तक शनिबार गणेशमान सिंह फाउण्डेशनको कार्यालय चाक्सीबारी क्षेत्रपाटीमा विमोचन गरिएको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार कनकमणी दिक्षित, सिंहका छोरा एवम पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह लगायतले पुस्तककाबारेमा धारणा राखेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?