Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो पटक पुष्टि भएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले आज भएको मिडिया ब्रिफिङका क्रममा नेपालमा अहिले देखिएका संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र बाँकीमा डेल्टा भेरियन्ट देखिएको जनाएका हुन्।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो साता गरिएको ३२ वटा जिन सिक्वेन्सिङमध्ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको र ४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको जनाए । उनले विश्वमै अहिले ओमिक्रोन भेरियन्ट बढी देखिएको बताए ।

ओमिक्रोन भेरियन्ट बढी संक्रामक भए पनि यसबाट जटिलता र मृत्युदर डेल्टाको तुलनामा कम देखिएको विज्ञहरुको भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार