नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो पटक पुष्टि भएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले आज भएको मिडिया ब्रिफिङका क्रममा नेपालमा अहिले देखिएका संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र बाँकीमा डेल्टा भेरियन्ट देखिएको जनाएका हुन्।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो साता गरिएको ३२ वटा जिन सिक्वेन्सिङमध्ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको र ४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको जनाए । उनले विश्वमै अहिले ओमिक्रोन भेरियन्ट बढी देखिएको बताए ।
ओमिक्रोन भेरियन्ट बढी संक्रामक भए पनि यसबाट जटिलता र मृत्युदर डेल्टाको तुलनामा कम देखिएको विज्ञहरुको भनाई छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?