पछिल्लो २४ घण्टामा ६ हजार ४६२ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ जनाको नमुना परीक्षण गरिएकोमा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएका संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ । उता गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४ सय १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार १४९ जना क्वारेन्टाइनमा रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त