नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३२ जनाको जिन सिक्वेन्सिङ गरिएकोमा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनुसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार एस जिन पोजेटिभ देखिएका संक्रमितमध्ये ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट र ४ जनामा डेल्टा भेरियन्ट भेटिएको हो ।
उनले यो नतिजाले नेपालमा हाल ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट संक्रमण भएको जनाए ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त