५० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा कोरोना खोप कार्यक्रम स्थगित
हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ५० जनाभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी एवम कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हाललाई खोप कार्यक्रम स्थगित गरिएको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै अस्पतालमा कार्यरत तथा खोप कार्यक्रममा सलंग्न ५० जना भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएकाले एक साताका लागि कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित गरेको जनाएको छ ।
खोप कार्यक्रम माघ १० गतेदेखि १६ गतेसम्म सात दिनका लागि स्थगित गरिने कुरा सूचनामा उल्लेख छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?