Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

५० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा कोरोना खोप कार्यक्रम स्थगित

५० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा कोरोना खोप कार्यक्रम स्थगित

हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ५० जनाभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी एवम कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हाललाई खोप कार्यक्रम स्थगित गरिएको छ ।

अस्पतालले आज एक सूचना जारी गर्दै अस्पतालमा कार्यरत तथा खोप कार्यक्रममा सलंग्न ५० जना भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएकाले एक साताका लागि कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित गरेको जनाएको छ ।

खोप कार्यक्रम माघ १० गतेदेखि १६ गतेसम्म सात दिनका लागि स्थगित गरिने कुरा सूचनामा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार