Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु, १० हजारभन्दा बढीमा संक्रमण पुष्टि

शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु, १० हजारभन्दा बढीमा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर १६ जना संक्रमितको ज्यान गएको छ भने १० हजार २५४ जना संक्रमित थपिएका छन्।

योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । यसैगरी आज ७०८ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार