कोरोनाको ‘रेड जोन’ मा १५ जिल्ला
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा १५ जिल्लाहरु कोभिड १९ जोखिमको रेड जोनमा परेका छन् । सरकारले सक्रिय कोरोना संक्रमित ५ सय भन्दा बढी भएका जिल्लालाई रेड जोनमा राखेको हो । दुई साताअघिसम्म उपत्यकाका तीन जिल्ला मात्र रेड जोनमा भए पनि अहिले देशका १५ जिल्ला रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकले देशभरका १५ जिल्ला कोभिड १९ को उच्च जोखिममा परेको देखाएको छ । उपत्यकाका तीन जिल्लासहित मोरङ, सुनसरी, झापा,चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, रुपन्देही, बाँके, कैलाली, नवलपरासी पूर्व र धनुषा गरी १५ जिल्ला कोभिड–१९ को रेड जोनमा परेका छन् । कुल संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसैगरी १५ जिल्लामा २ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ । यीमध्ये ७३ हजार ७३४ जना होम आइसालेसनमा रहेका छन् भने १६ सय ४० जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?