Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज रातिबाट काठमाडौं उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली

आज रातिबाट काठमाडौं उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज रातिदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन्।कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबार बसेको बैठकले सो नियन्त्रणका लागि भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।

बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेका हुन्। यो आदेश अनुसार जोर गते जोर नंबरका सवारीसाधन र बिजोर गते बिजोर नंबरका सवारीसाधन गुड्न पाउनेछन्।

आदेशमा उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको निदान, उपचार र रोकथामलाई थप प्रभावकारी बनाउनका लागि संक्रामक रोग ऐन २०२० अनुसार यातायातमा अर्को सूचना जारी नहुन्जेल सम्मलाई जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको उल्लेख छ ।

यो आदेश आज राति १२ बजेदेखि लागू हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि