Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना जोखिमका कारण त्रिविका सबै परीक्षा स्थगित

कोरोना जोखिमका कारण त्रिविका सबै परीक्षा स्थगित

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै त्रिभुवन विश्वविद्यालयले आउँदा सबै परीक्षा स्थगित गरेको छ।

आज त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक विज्ञप्ति जारी गर्दै माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो।

आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले विद्यालयहरु यसअघि नै माघ १५ गतेसम्मका लागि बन्द गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार