कोरोना जोखिमका कारण त्रिविका सबै परीक्षा स्थगित
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै त्रिभुवन विश्वविद्यालयले आउँदा सबै परीक्षा स्थगित गरेको छ।
आज त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक विज्ञप्ति जारी गर्दै माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो।
आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले विद्यालयहरु यसअघि नै माघ १५ गतेसम्मका लागि बन्द गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?