घट्यो पीसीआर शुल्क, सरकारीमा ८ सय र निजीमा १५ सय रुपैयाँ
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण तीब्र गतिमा बढिरहेका बेला सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। कोरोना पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार अबदेखि निजी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क १५ सय रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुले यसअघि पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ लिंदै आएका थिए ।
उता सरकारी अस्पतालमा भने लक्षण देखिएकाको निशुल्क परीक्षण गरिनेछ भने अन्यको हकमा ८ सय रुपैयाँमा पीसीआर गरिने भएको छ । यसभन्दा अघि एक हजार रुपैयाँ लिने गरिन्थ्यो ।
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम