घट्यो पीसीआर शुल्क, सरकारीमा ८ सय र निजीमा १५ सय रुपैयाँ
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण तीब्र गतिमा बढिरहेका बेला सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। कोरोना पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार अबदेखि निजी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क १५ सय रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुले यसअघि पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ लिंदै आएका थिए ।
उता सरकारी अस्पतालमा भने लक्षण देखिएकाको निशुल्क परीक्षण गरिनेछ भने अन्यको हकमा ८ सय रुपैयाँमा पीसीआर गरिने भएको छ । यसभन्दा अघि एक हजार रुपैयाँ लिने गरिन्थ्यो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?