एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन ११ हजार ३५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा २३ हजार ४०९ नमुना परीक्षण गरिएकोमा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको हो ।
यो एकैदिन देखिएको अहिलेसम्मकै उच्च संख्या हो । आज थपिएका संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ । उता आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ४३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?