Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित

एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन ११ हजार ३५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा २३ हजार ४०९ नमुना परीक्षण गरिएकोमा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको हो ।

यो एकैदिन देखिएको अहिलेसम्मकै उच्च संख्या हो । आज थपिएका संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ । उता आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ४३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार