कोरोना खोप कार्ड हराएमा के गर्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अबदेखि कुनै पनि सार्वजनिक स्थल प्रवेश गर्दा र सार्वजनिक सेवा लिनका लागि अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान अघि सारेको छ । यो व्यवस्था माघ ७ गतेदेखि लागू हुनेछ । यदि कसैको खोप कार्ड हराएको छ भने त्यस्ता व्यक्तिहरुले खोपको प्रतिलिपि लिनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुबै मात्रा खोप लगाएको भए दोस्रो मात्रा खोप लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिनेछ । पहिलो मात्रा मात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य संस्थाबाट लिन सकिन्छ । जोन्सन एण्ड जोन्सन खोप लगाएको हकमा पनि सोही खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने मन्त्रालयले जनाएको छ ।
बढ्दो कोरोना संक्रमणका कारण सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्दा खोप कार्ड वा कार्ड नभए मोबाइलमा आफनो खोप कार्डको फोटो भए पनि देखाउन पर्ने व्यवस्था अघि सारेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?