पीसीआर परीक्षण गरेकामध्ये झण्डै आधालाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण फेरि एकपटक तीब्र गतिमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर परीक्षण गरिएकामध्ये झण्डै आधालाई अर्थात ४८ प्रतिशतभन्दा बढीलाई कोरोना पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर १७ हजार ८७२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ७३० जनामा कोरोना पोजेटिभ देखिएको छ । यो भनेको प्रतिशतमा ४८ दशमलब ८ प्रतिशत हुन आउँछ । जुन अहिलेसम्मकै उच्च हो । ४ हजार ९५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ सय २८ जनामा कोरोना देखिएको छ । समग्रमा भने ४४ दशमलब ९ प्रतिशत पुगेकोे छ संक्रमण दर ।
पछिल्लो २४ घण्टामा कुल १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देशभर ३९ हजार ४४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यो संख्या दुई साता यता मात्रै ह्वात्तै बढेको हो ।
एक साताअघिसम्म नेपालमा कोरोना संक्रमण दर जम्मा १८ दशमलब ६ प्रतिशत थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?