Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण

नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ हजार ८२८ नमुना परीक्षण गरिएकोमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशरभ सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । आज पुष्टि भएका संक्रमितको संख्या केही महिना यताकै उच्च संख्या हो ।

उता आज एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख १३ हजार १४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार