नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ हजार ८२८ नमुना परीक्षण गरिएकोमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशरभ सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । आज पुष्टि भएका संक्रमितको संख्या केही महिना यताकै उच्च संख्या हो ।
उता आज एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख १३ हजार १४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?