Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित झण्डै ३१ हजार

पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित झण्डै ३१ हजार

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ४६४ जनाको नमुना परीक्षण गरिएकोमा ६ हजार ७३४ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६२३ पुगेको छ । उता यहीवीच ५४७ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ । उता सय जना क्वारेन्टाइनमा रहेका छन्। संक्रमितमध्ये धेरैजसो अर्थात २९ हजार ७०५ जना होम आइसोलेसनमा छन् भने १ हजार १७२ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार