परीक्षण गरिएका नमुनामध्ये ३६ प्रतिशतमा कोरोना पुष्टि
संक्रमित हुनेमा २१ देखि ४० वर्ष उमेर समूहका धेरै
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता देशभर कोरोना संक्रमण दर तीब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुना मध्ये ३६ दशमलब १ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीका अनुसार गत २४ घण्टामा १२ हजार ५६२ वटा नमुना आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ५३४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यो भनेको ३६ दशमलब १ प्रतिशत हुन आउँछ । यसैगरी २५ सय ६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनले भने, ‘यसले के संकेत गर्छ भने कोरोना संक्रमण समूदाय स्तरमा गइसकेको छ र यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नु आवश्यक छ ।’ यसरी संक्रमित हुनेहरु २१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै रहेका छन्।
अहिले देशभर सक्रिय संक्रमितको संख्या बढेर २५ हजार ६८० पुगेको छ । यीमध्ये एक हजार ९६ जना संस्थागत आइसोलेसनमा र २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हाल १२२ संक्रमित आइसीयूमा र २९ जना भेन्टिलेटरमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?