Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

परीक्षण गरिएका नमुनामध्ये ३६ प्रतिशतमा कोरोना पुष्टि

संक्रमित हुनेमा २१ देखि ४० वर्ष उमेर समूहका धेरै

परीक्षण गरिएका नमुनामध्ये ३६ प्रतिशतमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता देशभर कोरोना संक्रमण दर तीब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुना मध्ये ३६ दशमलब १ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीका अनुसार गत २४ घण्टामा १२ हजार ५६२ वटा नमुना आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ५३४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यो भनेको ३६ दशमलब १ प्रतिशत हुन आउँछ । यसैगरी २५ सय ६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनले भने, ‘यसले के संकेत गर्छ भने कोरोना संक्रमण समूदाय स्तरमा गइसकेको छ र यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नु आवश्यक छ ।’ यसरी संक्रमित हुनेहरु २१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै रहेका छन्।

अहिले देशभर सक्रिय संक्रमितको संख्या बढेर २५ हजार ६८० पुगेको छ । यीमध्ये एक हजार ९६ जना संस्थागत आइसोलेसनमा र २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हाल १२२ संक्रमित आइसीयूमा र २९ जना भेन्टिलेटरमा रहेका छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि