सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, २४ घण्टामा झण्डै ५ हजारमा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएकोमा ४ हजार ९६१ जनामा कोरोना देखिएको हो । यसैगरी गत २४ घण्टामा ३ जना कोरोन संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ । यहीवीच ४३५ जना संक्रमित निको भएका छन्।
पछिल्लो केही दिन यता कोरोना संक्रमण दर बढेर ३६ प्रतिशतमा पुगेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?