शनिबार ४ हजार ६३६ संक्रमित थपिए, ४ जनाको मृत्यु
सक्रिय संक्रमितको संख्या २१ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ५५७ जनाको नमुना परीक्षण गरिएकोमा ४ हजार ६३६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६१७ पुगेको छ । उता यहीवीच ३५० जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले सक्रिय संक्रमितको संख्या बढेर २१ हजार ५८४ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?